संस्कृति जोगाउन तल्लो कोलडाँडामा 'साँस्कृतिक सन्ध्या'
कार्यक्रमबाट १ लाख संकलन
पाल्पा | कात्तिक २, २०८१
पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा संस्कृति संरक्षण गर्ने उद्देश्यसहित विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय स्तरमा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबले विजयादशमीको अवसरमा ‘संस्कृति र पहिचानको जगेर्ना गरौं, पुख्र्यौली इतिहासलाई संरक्षण गरौं भन्ने नारासहित सांस्कृतिक सन्ध्याको आयोजना गरेको हो ।
उक्त कार्यक्रमबाट करिब १ लाख संकलन भएको क्लबका अध्यक्ष दानबहादुर रानामगरले जानकारी दिए ।
उनका अनुसार उक्त रकम सामाजिक कार्यमा खर्चिने गरि कोषमा राखिने छ ।
‘हामीले हरेक वर्ष साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छौ । यो वर्षपनि भव्य रुपमा सफल भएको छ, उनले भने, ‘हरेक क्षेत्रबाट र आर्थिक सहयोग गर्ने सम्पूर्णलाई क्लबको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहान्छु र उक्त रकम कोषमा राख्ने निर्णय गरेका छौं ।’
उनले सो कार्यक्रमले संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने बताए ।
‘मगर भाषा, कला धर्म तथा संस्कृति विगत धेरै समयदेखि जिवितै छ, अध्यक्ष रानामगरले भने, ‘त्यसैले यो कार्यक्रमले धेरै थोरै भएपनि यसको जगेर्ना गर्न मद्दत पुग्ने विश्वास छ ।’
अध्यक्ष रानामगरका अनुसार मगर समुदायमा प्रचलित कौडा, सालैजो, चुट्का तथा झ्याउरे लगायतका नृत्यहरु स्थानीय कलाकारले प्रस्तुत गरेका थिए ।
सहिद केवल गाहा स्मृति खेलमैदाममा भएको कार्यक्रमको सञ्चालन विष्णु रानामगर र गुन बहादुर आलेले गरेका थिए ।


पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

